आदिवासी र मूलवासीमा के फरक छ ?

आदिबासी ,मुलबासी र मंगोल शब्द भित्र भविष्यको डरलाग्दो चित्रहरु :-

१ , आज चीनमा जतिपनि चिनियाहरू छन् ,उनीहरु त्यहाको मुलबासी हुन् तर उनीहरु चीनको आदिबासी होइनन|
आज जापानमा जतिपनि जापानिजहरु र कोरियामा जतिपनि कोरियनहरु छन् उनीहरुलाई त्यहाको मुलबासी भनिन्छ तर उनीहरुलाई त्यहाको आदिबासी भनिंदैन | ब्रिटिशहरु बेलायतको मुलबासीहरु हुन् तर उनीहरु त्यहाको आदिबासी होइनन |

२ ,सेतामगुराली ख था धी ज्या सुनुवार आदि …..नेपालको आदिबासी हरु हुन् |

३ ,आदिबासी र मुलबासी शब्द सुन्दा उस्ता उस्तै लागेता पनि यी दुइ शब्दहरु भित्र धेरै फरकताहरु छन् |

४ , एउटा समुदाय आज भन्दा ५ हजार बर्ष अघि घुम्दै फिर्दै एउटा ठाउमा बसेर आज सम्म पनि आफै शाशक भएर बसे भने उनीहरुलाई मुलबासी भन्दा हुन्छ | जस्तो चीन ,जापान ,कोरियामा लगभग ५ हजार बर्षको दौडानमा त्यहाको खालि भुमि खनजोत गरेर जो जाति समुदाय बसे र उनीहरु आज पनि बसिरहेका छन् उनीहरु त्यहाको मुलबासी हुन् |

५ , तर जुन समुदाय कुनै पनि ठाउमा आज भन्दा ५० हजार बर्ष अघि देखि निरन्तर बसिरहेका छन् ,र बिचमा ठुला /आक्रमणकारी धर्महरु हिन्दु ,क्रिश्चियन ,मुश्लिम समर्थकहरुले ति समुदायको जमिन र शाशन सत्ता जबर्जस्ति लुटेर लग्यो र उनीहरुको धर्म मान्य बाध्य पार्यो तर आज सम्म पनि त्यो सत्ताको अघि /त्यो सत्ताधारी सभ्यताको अघि घुडा नटेकी निरन्तर आफ्नो आदिम धर्म सस्कार भाषा भुमि को रक्षाको लागि चिच्याइरहेको /लडिरहेको जन समुदाय चाहि आदिबासी हो |

आदिबासी हुनको लागि :- १ ,भुमि माथि निरन्तर बसोबास सहित दाबि गरिरहेको समुदाय ,२ ,बिचमा आक्रमणकारी सत्ताले ति समुदाय माथि आक्रमण गरेर आफ्नो धर्म लादन निरन्तर प्रयास गरेको ,३ , तर उक्त आक्रमणकारी सत्ता सामु ति पिडित समुदायले ५ हजार बर्ष सम्म पनि घुडा नटेकेको बरु निरन्तर प्रतिकार गरेको र ,४ , एक दिन न एक दिन त्यो आक्रमणकारी सभ्यता /धर्म वा राज्यले ति पिडित समुदायलाइ उनीहरुको जल ,जंगल र जमिन को लागि क्षतिपूर्ति दिनै पर्ने संयुक्त रास्ट्र संघ को घोषणा भएको |

यो क्राइटएरिया पुरा गर्ने समुदायहरु मात्र आदिबासीमा पर्छन | नत्र ५ हजार बर्ष देखि बस्दैमा आदिबासी भनिंदैन ,उनीहरुलाई मुलबासी मात्र भनिन्छ | जस्तो जापानिज हरु जापानको मुलबासी हुन् तर आदिबासी होइनन | किनकि जापानिजहरुलाई अर्को अनुहार र अर्को सभ्यताको मान्छे आएर आक्रमण गरेर उनीहरुको जल ,जमिन ,जंगल खोसिदिएको छैन |

६ ,यसरि आदिबासी शब्द भित्र – पचासौ हजार बर्ष देखि निश्चित भूमिमा बसिरहेको ,बिचमा बिगत ५ हजार बर्ष देखि ५ सय बर्ष भित्रमा एकदमै परदेशी भिन्दै अनुहार सभ्यता धर्म भएको राज्यले आक्रमण गरेर आफ्नो जल जमिन जंगल खोसेर झुक्न बाध्य बनाएको तर निरन्तर संघर्ष गरेर ति आक्रमणकारी सामु नझुकेको र भविष्यमा संयुक्त रास्ट्र संघ मार्फत आफ्नो जल जमिन जंगल सभ्यता उपरको क्षतिपूर्ति पाउने आशा सहित लडिरहेको समुदाय नै आदिबासी समुदाय हो |

७ , यति गहन ,यतिधेरै पीडाले भरिएको शब्द आदिबासी – जहा आक्रमणकारी परदेशी अनुहार संग हजारौ बर्ष सम्म पनि नहारेको ,लडिरहेको र भविष्यमा क्षतिपूर्ति पाउने आकाक्षा साथ् लडिरहेको समुदाय ‘’ आदिबासी ‘’ लाइ ,
त्यति सजिलै मुलबासी मात्र भन्दा के कसो हुन्छ गम्भीर हुनुपर्छ |

८ ,के मुलबासी शब्दले आदिबासी शब्दले बोकेको इतिहास बर्तमान र भबिष्य बोक्न सक्दछ ,गम्भिर भएर सोचौ |

९ , एम एन ओ मंगोल को साथीहरुले आदिबासीहरु चोर हुन् चुतिया हुन् शरणार्थी हुन आदिबासी भन्नु हुदैन मुलबासी मंगोल भन्नु पर्छ भनेर गलत प्रचार गरिरहदा नेपाल आदिबासी जनजाती महासंघ ,कियाचु ,यायोखा ,घेदुंग कोहि लेखेर बोलेर मंगोल को गलत आरोप को खण्डन गरेको देख्दिन ,लाहुर्निप पनि यो बिषयमा चुप देख्छु |

१० ,सेतामगुराली खस ,थारु ,नेवार हरुले आफुले आफुलाई आदिबासी भन्ने कि मुलबासी मंगोल भन्ने यस बारेमा गम्भिर बहस हुनु पर्छ | के कारणले मंगोल को साथीहरुले आदिबासी राइ लिम्बु तामांग शब्दलाई डिलेट गरेर मुलबासी मंगोल शब्दलाई स्थापित गर्न खोज्दै छन् यसबारेमा गम्भीर हुनै पर्छ ,सजक हुनै पर्छ |

११ ,मुलबासी को आधार के हो ? ल अहिले बाहुन हरु नेपाल आएको १ हजार बर्ष भयो रे तर अबको ४० हजार बर्ष पछी त उनीहरु यहा आएको पनि ४१ हजार बर्ष पुरानो भैसक्छ ,अनि जहिले उनीहरुलाई तिमीहरु हिजो अस्ति आएको शरणार्थी हौ भन्दा मान्लान त ,त्यतिबेला त उनीहरु पनि मुलबासी भैसकेका हुन्छन ,किनकि ४१ हजार बर्ष को बसोबास भनेको खेलाची जोक हुदैनी त |

त्यसैले आदिबासी शब्दले हामीलाई करोड बर्ष पुग्छ भने मुलबासी शब्दले हामीलाई धेरै समय थेग्न सक्दैन |
आदिबासी शब्दमा हिजोको पिडा ,संघर्ष ,र भोलिको क्षतिपूर्ति सम्मको अथाहा बिषयहरु समेटिएका छन् |
त्यसैले हामीले आफुलाई ‘’ आदिबासी ‘’ नै भन्नु पर्दछ |

१२ , यस बारेमा हामि गम्भीर भएनौ भने ,राज्यले – ल ल एम एन ओ माग बमोजिम आदिबासी शब्द हटाउने अनि मुलबासी मंगोल लेख्ने भन्ने सहमति कुनै दिन नाटकीय रुपमा लेख्यो भने अचम्म नमान्नु होला |
हामि आदिबासी बिचमा लामो नाटक मन्चन गराउदै छन् |

अनि उनीहरुले भन्न थाल्ने छन् – ‘’ल हामि आर्य ,तपाईहरु मुलबासी मंगोल हुनु भयो संबिधान मा बाराबरी भयो |
अब हामि आर्यहरु इरान बाट आएका र तपाइँहरु हामि भन्दा अलिक अघि मंगोलिया बाट आउनु भएको दुवै शरणार्थी हो | दुवै मिलेर बसौ |’’
यहि कुरा राज्यले भन्नको लागि लामो नाटक मन्चन गरिरहेका छन् |

दुखलाग्दो कुरा आदिबासी महासंघ को नेताहरु श्वास गए झैँ चुप छन् एक शब्द बोल्दैनन |
तर हामि बहस गर्छौ ….

( संघीय लोकतान्त्रिक रास्ट्रीय मंचको प्रशिक्षण पुस्तक बाट साभार )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
1
+1
3