एजेन्सी: भदौ १९ गते । गुगल संयुक्त राज्य अमेरिकाको एक बहुराष्ट्रीय सार्वजनिक कम्पनी हो, जसले ईन्टरनेट सर्च, क्लाउड कम्प्युटिङ र विज्ञापनको क्षेत्रमा अत्याधिक लगानी गरेको छ ।

इन्टरनेटमा आधारित बहुसङ्ख्यक सेवा तथा उत्पादनहरूको आयोजना तथा विकास गरेर आफ्नो विज्ञापन प्रोग्राम एडवर्ड्सको माध्यमबाट नै गुगलले नाँफा कमाउँदछ ।

यो कम्पनी स्ट्यानफोर्ड विश्वविद्यालयबाट विद्यावारिधी गरेका दुई छात्रहरू ल्यारी पेज र सर्गेई ब्रिनद्वारा मेन्लो पार्क, क्यालिफोर्निया स्थित सेप्टेम्बर ४, १९९८ आजको दिन स्थापना गरेका थिए ।

हाल यिनलाई “गुगल गाइज”को नामले सम्बोधन गरिन्छ । यसको पहिलो सार्वजनिक कार्य, सेवा १९ अगस्ट २००४ मा प्रारम्भ भएको थियो ।

सोही दिन ल्यारी पेज, सर्गेई ब्रिन र एरिक स्मिटले गुगलमा अर्को बिस वर्ष (२०२४) सम्म एकैसाथ सँगसँगै काम गर्ने सम्झौता गरेका थिए । कम्पनीको सुरुदेखि देखि नै “संसार भरी ज्ञानको व्यवस्थित तथा सर्वत्र उपलब्ध र लाभप्रद गर्नु”  योजना र उदेश्य लिएर अगाडि बढेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0