काठमाडौँ: भदौ २७ गते । सात सुन तस्करी कम्पनीको मालिक मध्य सरिता तामाङ्ग पनि एक रहेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ ।

हङकङबाट नेपालमा सुन तस्करीका लागि ७ वटा कम्पनी खडा भएको खुलेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा सीआईबीका एसपी सञ्जयसिंह थापाले सुन तस्करीमा ७ वडा कम्पनी खडा भएको जानकारी दिएका हुन् ।

उनका अनुसार छुङ्गाक इलेक्ट्रिक सप्लायर्सका मालिक लेखनाथ कार्की डोली,
भुजेल इलेक्ट्रिक सप्लायर्सका मालिक रामकुमार भुजेल,
ह्वाडा इलेक्ट्रिक सप्लायर्सका मालिक कुमार बहादुर भुजेल,
पवाटी इलेक्ट्रिक सप्लायर्सका मालिक रामबहादुर भुजेल,
दोलखा इलेक्ट्रिक सप्लायर्सका मालिक विकुन्द्र भुजेल,
रेडी ट्रेडका मालिक दिलीप भुजेल र
सरिता सप्लायर्स कम्पनीका मालिक सरिता तामाङको नाममा कम्पनी खडा भएको पाइएको हो ।

यी सीआईबीले तस्करीका सुनहरु टोखा र लाजिम्पाटमा गाल्ने गरेको खुलेको पनि जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0