काठमाडौं: असार २३ गते । कोशी प्रदेशको नामकरण विरुद्ध कलाकारहरुले क्यानभास पेन्टिङ गरेर बिरोध जनाएका छन् । सनिवार बिहान ७ बजे देखि १२ बजेसम्म १७ जना कलाकारहरुले काठमाडौंको कोटेश्वरमा भेला भएर कोशी प्रदेशको नामकरण विरुद्ध १५ वाट क्यानभास पेन्टिङ बनाएर बिरोध गरेका थिए ।

पेन्टिङमा सुनुवार, नेवार, मगर, थारू, तामाङ, राई, लिम्बू, किरात र आदिवासीको संस्कृतिक तथा भाषाको सांकेतिक व्यंग्यचित्र र चित्र बनाइ बिरोध गरिएको थियो ।

गत फाल्गुन १७ गते प्रदेश १ मा ८२ जना सांसदहरूले कोशी प्रदेश नामकरण गरे पछि पहिचान पक्षधर निरन्तर आन्दोलनमा छन् । उक्त आन्दोलनलाई ऐक्यबद्धता जनाउदै कलाकारहरुले पेन्टिङ गरेको किरण सिगुले होपो न्यूजलाई बताए । “हामीले आदिवासीको पहिचान लोप हुँदै गएको हुँदा आज पेन्टिङ गरेर पहिचानलाई जोगाउनु पर्छ भनेर कलाकारिताको माध्यमबाट सन्देश दिएका हौं ।” सिगुले भने ।

प्रदेश नं. १ पुन:नामाङ्कन संयुक्त संघर्ष समिति गठन गरि पहिचान पक्षधरले निरन्तर आन्दोलन गरि रहेका छन् । आन्दोलनको क्रममा एक जना आन्दोलनकारीको मृत्यु भएको छ भने १५० जना घाइते भएका छन् । सरकारसँग एकपटक वार्ता भए पनि पुनः अर्को पटक वार्ता नभएको उल्लेख गरिएको छ ।

#NoKoshi #Pahichan #Aadiwasi

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
4
+1
0
+1
1
+1
0
+1
2