काठमाडौं: साउन ३० गते। राष्ट्रिय परीक्षा बोर्डले विद्यालय तहको अन्तिम परीक्षा कक्षा १२ को नतिजा प्रकाशित
गरेको छ । बोर्डको मंगलबार अपराह्न बसेको बैठकले परीक्षाफल प्रकाशित गरेको हो ।

कक्षा १२ को परिक्षा गत वैशाख-जेठमा लिइएको थियो । जसमा देशभरका ४ लाख ६७ हजार ३ सय विद्यार्थी सहभागी थिए । परिक्षामा सहभागी भएका विद्यार्थीहरूमध्ये ५१.९१ प्रतिशत विद्यार्थी ग्रेडेड र ४९.०९ प्रतिशत अर्थात् १ लाख ८२ हजार परीक्षार्थी भने ननग्रेडेड भएको राष्ट्रिय परीक्षा बोर्डले उल्लेख गरेको छ ।

बोर्डका अनुसार विगतका वर्षको भन्दा यस वर्ष कक्षा १२ को परीक्षाको नतिजा ३ प्रतिशतले सुधार आएको जनाएको छ ।

यसपालि तल्लो ग्रेड ल्याउनेको संख्या घटेको र माथिल्लो ग्रेड ल्याउने विद्यार्थीको संख्या बढेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले बताए । यसपल्ट नतिजा सुधार हुनुमा कक्षाकोठामा विद्यार्थीको शिक्षण सिकाइ प्रभावकारी भएको उनको दाबी थियो । अध्यक्ष शर्माले कक्षाकोठाभित्रको शिक्षण सिकाइलाई थप प्रभाकारी बनाउन सरोकार सबैलाई अनुरोत पनि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0