काठमाडौँ, भदौ १५ गते । यही भदौ १७ गते प्रदेशको नाम कोशी खारेजी माग राख्दै ललितपुरको जाउलाखेलमा बिशाल र्‍याली गर्ने भएको छ। किरात याक्थुङ चुम्लुङ्को ३५ औ स्थापना दिवसको अवसरमा उक्त र्‍याली गर्न लागेको चुम्लुङका महासचिव निरंती तुम्बापोले बताउनु भयो।

महासचिव निरंती तुम्बापोका अनुसार किरात याक्थुङ चुम्लुङको ३५ औँ स्थापना दिवसको उपलक्ष्यमा ५ दिनको दिवस सम्पन्न गर्दै यही भदौ १७ गते बिहान ११ बजे ललितपुरको जाउलाखेल पार्क देखी चुम्लुङ हिमसम्म बिशाल र्‍याली गर्ने तयारी गरेको बताउनु भयो।

महासचिव तुम्बापोले होपो न्युजसंग कुराकानी गर्दै भन्नुभयो ‘प्रदेशको नाम कोशी खारेजी आन्दोलन निरन्तर चलि रहेको छ। यसमा किरात याक्थुङ चुम्लुङ सधै साथ, समर्थान र सहभागी हुदै आएको छ। किरात याक्थुङ चुम्लुङ्को ३५ औ स्थापना दिवसको अवसरमा पनि बिरोद्ध स्वरुप उक्त र्‍याली गर्नु लागेका हौ।’

२०७९ फाल्गुन १७ गते तात्त्कालिन एमालेका हिक्मत कार्की नेतृत्वको सरकारले ८२ जना संसदले हस्ताक्षेर गरी प्रदेश १ लाई कोशी प्रदेश नानाकरण गरे पछी पहिचान पक्षधरहरुले उक्त नाम खारेज गरि पहिचानको आधारमा पुनः नामङ्कन गर्नु पर्ने भन्दै निरन्तर आन्दोलन गर्दै आइरहेको छन्। जसमा किरात याक्थुङ चुम्लुङ पनि प्रदेश १, पुन : नामाङ्कन संयुक्त सङघर्स समितिको एक घटक हो।

उक्त आन्दोलनको क्रममा चैत्र ५ गते बिराटनगरमा भएको बृहत जनप्रदर्शन हुदा प्रहरी संगको दोहोरो झडपमा पदम लिम्बु “लाजेहाङ” ले शाहदत प्राप्त गरेका थिए। त्यस्तै, प्रदेश १, पुन : नामाङ्कन संयुक्त सङघर्स समितिको अनुसार २५० भन्दा धेरै घाइते भएको जनाएको छ। सङघर्स समितिले प्रदेशको नाम कोशी खारेजी नभएसम्म निरन्तार आन्दोलन जारी राख्ने बताएको छ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
4
+1
1
+1
8
+1
3
+1
2