खोटाङ: भदौ २१ गते । खोटाङको स्थानीय तहहरुले धमाधम पठन–पाठन सुरु गराएका छन् । ऐसेलुखर्क गाउँपालिका, रावाबेसी गाउँपालिका, खोटेहाङ गाउँपालिका लगायतका स्थानीय तहहरुले पठन–पाठन सुरु भएको हो ।

खोटेहाङ गाउँपालिकाका उपाध्यक्ष कविता राई अनुसार शिक्षक, अभिभावक र गाँउपालीकाको संयोजकत्वमा बैठक गरेर बिधालय खोलिएको बताइन् । भदौ १७ गते देखि बिहान र दिउँसोको समय मिलाएर र स्वास्थको मापदण्ड अप्नाएर विद्यार्थीको भौतिक उपस्थितिमै नियमित पठन–पाठन सुरु गरिएको छ ।

शिक्षक संख्या पर्याप्त भएको विद्यालयमा बाल शिक्षा केन्द्रदेखि कक्षा ५ सम्मको पठन–पाठन बिहान ७ बजेदेखि १० बजेसम्म, कक्षा ६ देखि १० सम्मको पठनपाठन बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म पठन–पाठन सुरु गरिएको राईले बताए ।

हरेक बेञ्चमा दुई मात्र विद्यार्थी राख्ने र दैनिक दुई वा तीन विषयको मात्र अध्ययन गर्ने व्यवस्था मिलाइएको उपाध्यक्ष राईले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0