विराटनगर: ३१ भदौ । पहिचान पक्षधरले आन्दोलनको चर्काउने भएपछि प्रशासनले विराटनगरका केही स्थानमा निषेधाज्ञा जारी गरेको छ ।

प्रदेशको नामप्रति असन्तुष्ट रहेका विभिन्न संघसंगठनहरुले कोशी प्रदेशको राजधानी विराटनगरमा आन्दोलन गर्ने तयारी गरेपछि विराटनगरका केही स्थानमा २ महिने निषाधाज्ञा जारी गरिएको हो ।

मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले आइतबार सूचना जारी गर्दै असोज १ गते बिहान ६ बजेदेखि लागू हुने गरी दुई महिनासम्म प्रदेशसभा सचिवालयबाट पूर्वमा देवकोटा चोकदेखि पश्चिममा कोशी अस्पताल चोक क्षेत्र, मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, रोडशेष चोकदेखि दक्षिण जतुवा चोक, मुख्यमन्त्री निवासको ३ सय मिटर वरपरको क्षेत्र, प्रदेश प्रमुखको कार्यालयबाट ३ सय मिटर वरपर र जिल्ला प्रशासन कार्यालय मोरङको डाँफे चोकदेखि पूर्वका क्षेत्रमा प्रदर्शन निषेध गरेका हुन् ।

पछिल्लो समयमा विराटनगरलाई केन्द्रीत गरेर विभिन्न समूहलगायतबाट विरोध, धर्ना, जुलुस आयोजना गरी विरोधका कार्यक्रमहरु भइरहेका छन् । उक्त गतिविधिबाट शान्ति सुरक्षामा असर पर्न सक्ने भएकाले सुरक्षा जोखिमलाई मध्यनजर गर्दै सुरक्षा स्थितिलाई सहज बनाउनका लागि असोज १ गते बिहान ६ बजेदेखि २ महिनासम्मका लागि निषेधाज्ञा जारी गरिएको सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0