काठमाण्डौ: ३१ भदौ । तीनकुनेस्थित दिव्य सःमिलमा शुक्रबार राति चार जनाको सामूहिक हत्या गरेको आरोपमा प्रहरीले सञ्जय भण्डारीलाई पक्राउ गरेको छ । सिन्धुपाल्चोकको बाह्रबिसे–९ घर भई काठमाडौं काँडाघारीमा बस्दै आएका २३ वर्षीय भण्डारीले हत्यामा संलग्नता स्वीकार गरेको प्रहरीको दाबी छ ।

काठमाण्डौ जिल्ला का.म.न.पा.३२ तिनकुने स्थित दिव्या स मिल भित्र धारिलो हतियार प्रयोग गरी ४ जना ब्यक्तिहरुको हत्या भएको घटना ।
मृतकहरुको बिबरण –

१. जिल्ला दोलखा कालिन्चोक गा.पा. ८ घर भई हाल काठमाण्डौ जिल्ला का.म.न.पा. ३२ तिनकुने स्थित दिव्य स मिलमा कामदारको रुपमा बस्दै आएका अं.बर्ष ५६ का कुमार भुजेल भन्ने पुर्ण बहादुर भुजेल ।

२. ऐ. ऐ. घर भई सोही स मिलमा बस्ने पुर्ण बहादुर भुजेलको श्रीमती बर्ष अं. ५० की अम्विका भुजेल ।

३. ऐ.ऐ. घर भई सोही स मिलमा बस्ने पुर्ण बहादुर भुजेलको आमा अं. बर्ष ७६ की सुभद्रा भुजेल ।

४. जिल्ला धनकुटा भिरगाउँ गा.पा.२ घर भई हाल सोही स मिलमा बस्ने अं. बर्ष १९ का नबिन भन्ने विशाल राई ।

घटना भएको मिति र समय –
मिति २०८०/०५/२९ गते राती अं.२१:४५ देखी अं.२२:१५ बजेको समय ।

घटनामा संलग्न ब्यक्तिको विवरण –
जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नं.९ स्थायी वतन भई काठमाण्डौ काँडाघारी बिरेन्द्र चोक बस्ने अनिरुद्र भण्डारीको छोरा बर्ष २३ को संजय भण्डारी ।

बरामद दशीको विवरण-
१.घटनाको दिन निज संजय भण्डारीले बोकेको झोला र सोही झोलामा रहेको खुकुरी थान १ ।
२. पक्राउ पर्दा निजले घटना घटाउदा लगाएको कपडाहरुनै लगाएको अवस्थामा पक्राउ परेको र निजको टिसर्टमा रगतको जस्तो दागहरु देखिएको ।

घटनाको कारण –
प्रतिवादी संजय भण्डारीका अनुसार केही समय अगाडी मृतक विशाल राईले चलाएको मोटरसाईकलले ठक्कर दिँदा विवाद हुन गई निज मृतक विशाल राईले प्रतिवादी संजय भण्डारीलाई कुटपिट गरेकोमा सोही रिसईबी/ प्रतिषोधका कारण प्रतिवादी संजय भण्डारीले बाटो आवत जावत गर्ने क्रममा निज मृतक विशाल राईलाई उक्त घटना भएको स मिलको घर टहरोमा पहिला ३/४ पटक देखेको ।

घटनाको विवरण-
मिति २०८०/०५/२९ गते प्रतिवादी संजय भण्डारी मृतक विशाल राईलाई आज भेट्छु निहु खोज्यो भने छप्काई दिन्छु भनि आफु बस्ने गरेको दिदि भिनाजुको घरको डेरा कोठाबाट उक्त खुकुरी आफुले बोक्ने झोलामा हाली काँडाघारी स्थितबाट निस्कीई बेलुकाको समयमा उक्त स मिलको पछाडी पट्टीको बन्द गेटबाट माथी चढी मृतक विशाल राई बस्ने कोठामा गई हेर्दा निजलाई तत्काल नदेखे पछि सोही कोठाको सोफामा बसी रहेको अवस्थामा केही क्षण पछि मृतक विशाल राई आई किन यहाँ बसेको भनि कुटपिट गरे पछि निज प्रतिवादी संजय भण्डारीले रिस थाम्न नसकी खुकुरीले निज विशाल राईको टाउकोमा पटक पटक प्रहार गरी विशाल राईको हत्या गरेको ।

निज विशाल राईको हत्या गर्ने क्रममा बुढी आमा सुभद्रा भुजेलले घटना देखी कराएको जस्तो लागि निज प्रतिवादीले आफुलाई चिन्ही यो घटना बाहिर आउछ भन्ने लागेकोले निज बुढी आमालाई सोही खुकुरीले टाउकोमा प्रहार गरेको । सोही समयमा पुर्ण बहादुर भुजेल घटनास्थलमा पुगी फोन गर्न लागेको जस्तो देखि निजलाई पनि टाउकोमा नै पटक पटक खुकुरी प्रहार गरी हत्या गरेको । त्यसपछि निज मृतक पुर्ण बहादुर भुजेलको श्रीमती अम्विका भुजेल पनि सोही स्थानमा आएकोले निजले समेत सो घट्ना देखेकोले बाहिर नल्याओस भनि निज अम्विका भुजेलको पनि टाउकोमा नै पटक पटक प्रहार गरी हत्या गरेको ।

त्यस पछि मृतक कुमार भुजेलको लाशलाई तानि घिसार्दै सोही टहराको कुनामा रहेको ट्वाईलेटको ढोका छेउमा लगी फालेको, निजको श्रीमती अम्बिका भुजेलको लाशलाई पानीको कल छेउमा लगी फालेको तथा सुभद्रा भुजेलको लाशलाई सोही काठको गोदाम छेउमा घिसार्दै लगी फालेको ।

तत्कालै विशाल राईलाई रिसईबीको कारण प्रतिषोध साँधि हत्या गरेको भएता पनि अन्य ३ जनालाई सो घटना देखि बाहिर आउछ भनि हत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको ।

प्रतिवादीले चारै जनाको हत्या गरे पश्चात बाहिर मेन गेटमा ड्याङ ड्याङ आवाज आएको तथा बत्तिको लाईट समेत देखिएको कारण कोही आएकी भनि आफु प्रवेश गरेकै पछाडी पट्टीको गेटबाट हामफाली कोटेश्वर चोक हुँदै काँडाघारी बिरेन्द्र चोक स्थित पुगी निजको दिदि भिनाजुको कोठामा गई सुतेको खुल्न आएको ।

शनिबार बिहान उठी खाना खाए पछि अघिल्लो दिन जस्तै पहिला पढेको नक्साल स्थित बिधालयमा नै साथीहरु सँग भेट्न गई घर आई खाना खाई सुतेको खुल्न आएको ।

आईतबार बिहान उठी खाना खाई सके पछि निजले आफूलाई प्रहरीले खोजी रहेको हुन सक्छ भन्ने लागि सिन्धुपाल्चोक स्थित निजको घर गाउँ गई लुकिछिपी बस्छू भनि काँडाघारी बिरेन्द्र चोक स्थित दिदि भिनाजुको घरबाट निस्कीई आउँदै गर्ने क्रममा सोही ठाउँबाट उक्त घटनामा संलग्न ब्यक्तिको बिभिन्न विधी र प्रविधि प्रयोग गरी खुलेको हुलिया विवरण अनुसार खोज्दै जाने क्रममा निजले घटनाको दिनमा समेत बोकेको झोला र उक्त झोलामा घटनामा प्रयोग भएको खुकुरी सहित खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिईएको ।

निज प्रतिवादी जन्मजात बोल्न नसक्ने, सिन्धुपाल्चोक बाह्रबिसेमा ८ कक्षा सम्म अध्ययन गरी १२ कक्षा सम्म काठमाण्डौमा अध्ययन गरेको खुल्न आएको । सो घटना अनुसन्धान सम्बन्धमा सांकेतिक भाषा बिज्ञ झिकाई थप सोधपुछ गरिएको सोही क्रममा निजले आफुले सम्पुर्ण घट्ना एक्लै घटाएको स्विकार गरेको र थप अनुसन्धान कार्य जारी रहेको ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0