आदरणिय बाह्रबिसे नगरपालिका निवासी आमाबुबा, दाजुभाई तथा दिदी बहिनीहरु । टासीदले नमस्कार ।

म भयो (कान्छा) शेर्पा तथा म लक्ष्मी शेर्पा सिन्धुपाल्चोक जिल्ला, बाह्रविसे नगरपालिका वडा नं. २ द्रुम्थली निवासी एक मध्यम परिवारको ब्यक्ति हौं । हामीहरुको बाल्यकाल हाम्रो आ आप्नै जन्मगाउँमा हाम्रो रितिरिवाज, संस्कार, संस्कृति र विकटताको दुःख, अभाव, पिडा सहँदै गाउँघरको समस्याहरुमा जुध्दै बित्यो । जब हामीहरु गाउँघरको संस्कार, संस्कृति समस्या अभाव, पिडा बुभ्दै गयौ तब गाउँघरको ती कुराहरुको समस्याहरुको समाधान खोज्ने क्रममा म भयो शेर्पा बिभिन्न आरोह, अवरोह पार गर्दै ब्यापार गर्न थाले ।

त्यसबाट केही सन्तुष्टि मिलेतापनि म जन्मेको गाउँठाउँको समस्या, अभाव, दुःख, पिरमर्का, संस्कार, संस्कृति ज्युँका त्युँ रहे । यसैमा चिन्तित रहँदारहँदै एउटा विकट अबिकसित गाउँमा केही काम कर्म गर्यो भने उक्त गाउँको मुहार फेर्न सकिन्छ त भनि सोच्दा धेरै बिकल्पमध्ये सबैभन्दा राम्रो हामी बुद्धिष्टहरुको बसोबासको बाहुल्यता रहेको गाउँबस्तीमा धर्म संस्कार संस्कृतिको जगेर्नापनि हुने, समाजमा सामाजिक उत्तरदायित्व र बढावा दिनका लागि भनि मिती २०६४ सालमा नोर्बु शेर्पाको नेतृत्वमा कार्यसम्पन्न गर्नेगरि युने छ्योलिंग गुम्वाको स्थापना गर्ने र सो गुम्वामा लामा, भिक्षुहरुको पाठशाला, बिद्यालय समेतको परिकल्पना गरि एक कार्यसमिति बनाई सो कार्यसमितिले गुम्वाको निर्माण प्रक्रियामै हाम्रो बाजे तेम्छिरी शेर्पाको नामबाट ५ आना २ पैसा २ दामको जग्गा गुम्वालाई दान दिएको सो बकस दान पास गर्दा म भयो शेर्पाको नगद १५,००० रुपैयाँ जग्गा पास गर्न दानका रुपमा सो नगद खर्च गरि उक्त जग्गा पास भएको र सो भन्दा पछि म अमेरिका रहँदा बस्दा मिती २०६९/०७० मा अमेरिकामा रहेका दाता, संघ संस्थासंग मेरै पहलमा रु। ५००,००० र मेरो आप्mनै नगद रु। ३००,००० गरि जम्मा रु। ८००,००० ९आठ लाख रुपैयाँ० गुम्वा निर्माणको लागि पठाएकोमा सो गुम्वा भवन उद्घाटनको समय हुनै लाग्दा २०७२ सालको महाविनाशकारी भुकम्पमा परि सो गुम्वा भवन उद्घाटन नगर्दै क्षतविक्षत भयो । तयसपछि २०७२ देखि २०७५ सम्म कुनैपनि कार्यसमितिले गुम्वा पुर्ननिर्माण गर्न चासो नदेखाएको र मेरो बुबा नुर्बु शेर्पा ले अमेरिका भ्रमणमा आउँदा गुम्वा पुर्ननिर्माणका लागि कार्यसमिति तथा कुनै क्षेत्रबाट पहल नभएको चिन्ता ब्यक्त गर्दै तिमिले नै गुम्बाको जिम्मा लिनुपर्छ भन्नुभएकोले मिति २०७५ साल साउन २४ गते युने छ्योलिंग गुम्वाको साधारण सभा बसि सो सभावाट म अध्यक्ष चुनिएर मेरो नेतृत्वमा गुम्वा संरक्षण कार्यसमिति गठन गरियो ।

सो समितिमा श्याम शेर्पा उपाध्यक्ष हुनुहुन्थ्यो । गुम्वा संरक्षण कार्यसमितिको अध्यक्ष भएपछि विधिवत कार्यसंचालन गर्न, विधान बनाउनदेखि वेभ डिजाईनहरुमा मैले आफ्नो ब्यक्तिगत रु। ६५,००० नगद खर्च गरेको छु । सो समयसम्म गुम्वाको नाममा करीब २ रोपनी ११ आना (छ) जना बाट र मेरो ब्यक्तिगत ३ रोपनी १० आना जग्गा दान गरेपछि उक्त गुम्वा ६ रोपनीभन्दा बढी लालपुर्जमा भएको सर्वसवदितै छ । सोही समय जग्गा पास, गुम्वा ब्यबस्थित गर्न, डोजर लगाएर सम्याउनका लागि कोरियाबाट भाई निमा शेर्पाले रु। १००,००० एक लाख र गुम्वाको खातामा भएको रु। २५०,००० दुई लाख पचास हजार , भतिज ङिमा शेर्पा र पासाङ शेर्पाले १३=१३ हजार गरि २६ हजार तथा म आफैले २९३,००० दुई लाख त्रियानब्बे हजार गरि जम्मा ६६९,००० छ लाख उनान्सत्तरी हजार खर्च गरेका छौं ।

काम बिशेषले म अमेरिका जानुपर्ने भएकोले उपाध्यक्ष श्याम शेर्पालाई मिती २०७५ साल श्रावण २७ गते कार्यवाहक अध्यक्ष दिएर गुम्वा पुर्ननिर्माणको सबै काम जिम्मा दिई अमेरिका गएँ । म अमेरिकामा आप्नो काममा ब्यस्त रहे । सो समयमा कार्यवाहक शयाम शेर्पाले प्राविधिक इन्जिनियरले दिएको नक्सा अनुसार २२ वटा पिलर राखेर गुम्वा बनाउनुपर्ने हो तर त्यसमा छाँटकाँट गरि आप्नै मनोमानी ढंगले कार्यसमितिका ब्यक्तिहरुलाई जानकारी नै नदिई गाउँका दाजुभाईलाई सोधखोज नै नगरि १८ वटा मात्र पिलर राखेर बनाएको जानकारी अवगत गराउन चाहन्छु ।

गुम्वा बनाउँदा तपाँई हामी सबैलाई कुठाराघात गरि धोका श्याम शेर्पाले दिएकै हो । पछि तपाँई हामी सबै मिली यस बिषयमा जानकारी लिन खोज्दा भागी भागी हिडेकोले सो सम्वन्धमा गुम्वा निर्माणको लागि भनि आएका जम्मा भएका १६५००८२५ एक करोड पैसठ्ठी लाख आठ सय पच्चीस रुपैयां अनुदानका रकमहरु मिति २०७९ सम्मा पनी चन्दादाता प्राप्त भएका रकमहरुको आर्थिक हरहिसाव तपाँई हामी सबै सर्वसाधारणलाई जस्ताको तस्तै देखाउनुपर्नेमा भागी हिडेकोले सो आर्थिक हिसावको बारेमा खोजतलास गर्न नगरपालिकासमक्ष गुनासो राख्दा मिती २०७६ साल मंसीर १८ गते सो समयका नगर प्रमुखले गुम्वा निर्माण सम्वन्धि आम्दानी खर्चको बारेमा ७ दिनभित्र नगरपालिकाको कार्यालयमा बुझाउन आउनु भनि ताकेता चिठी पठाउँदा समेत कुनै किसिमको हरहिसाव नबुझाएकोले मिती २०७७ साल पुष २१ गते बाह्रविसे नगरपालिकामा दर्ता नं. ८२६ को निवेदनमार्फत गुम्वाको कुनै पनि हरहिसावको बारेमा म भयो शेर्पाले २०७५ साल श्रावण २७ गतेदेखि सम्पुर्ण काम कार्यहरु हरहिसाव नगरेको हुनाले सम्पुर्ण जिम्मा सो समय देखीनै श्याम शेर्पाको कार्यसमिति र बाकी अवधिमा यसै बाह्रविसे नगरपालिकामा हुनेगरि निवेदन दिएको जानकारी गरांद छु ।

हालसम्म उक्त गुम्वाको हरहिसाव देखाइएको छैन । उल्टै तपाँई हामीहरुलाई धम्क्याउँदै हिडिरहेको छ । यसैकारण गुम्वाको नाममा धर्मको नाममा कुनै भ्रष्टाचारीलाई भ्रष्टाचार गर्न छुट दिनुहुदैन भनि तपाँई हाम्रै सक्रियतामा मिति २०७९ साल असोज ०५ गते गुम्वाको साधारण सभा बोलाई पुरानो कार्यसमिती भंग गरि निमा ग्याल्वो शेर्पाको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरियो । उक्त नयाँ कार्यसमितिले पनि श्याम शेर्पालाई आप्नो कार्यकालको हरहिसाव बुझाउन आग्रह गर्दा समेत भागी भागी हिडीरहेको हुँदा मिति २०८० साल भाद्र ५ गतेका दिन नयाँ कार्यसमिति र नगर प्रमुखको निर्देशन अनुसार नै म भयो शेर्पा र लक्ष्मी शेर्पाको आप्नै ब्यक्तिगत सबै साथीहरूलाई म यो जानकारी गराउन चाहान्छु किनभने यो गुम्बा निर्माण कार्यको सुरूवाती समय देखि नै गुम्बा व्यवस्थापन समितिको अध्यक्ष भएर गुम्बा निर्माणको थालनी गर्ने मै हु । गाँउका सबै साथी, गाँउलेहरू संग सल्लाहा गरि गुम्बा निर्माण गर्नुपर्छ भनेर गाउमा बृहत भेला बसेर मलाई यो गुम्बा निर्माण समितिको अध्यक्ष सर्वसम्मतमा चुनिएको अवगत नै छ ।

अध्यक्ष भएपछि मैले विशेष गरि स्थानीय सरकार नगरपालिका, प्रदेश, जिल्ला समन्वय र विभिन्न संघ, संस्थाहरू संग मैले छलफल गरे र अनुरोध गरि बजेट व्यवस्थापन गरेर अहिले गुम्बा निर्माण भएर यति हदसम्म काम सम्पन्न गरेको छु । केही काम सम्पन्न गर्न बाकी छ र त्यो कामको लागि प्रदेश सरकार संग मैले अनुरोध गरेर बजेट समेत व्यवस्थापन भएको छ । यदि मेरो भाई बोए शेर्पालाई यो गुम्बा समितिको अध्यक्ष बन्ने ईच्छा छ भने दाजुभाई हो म संग कुरा गरेर सल्लाह गरे भने म वहाँलाई अध्यक्ष बनाउनु सहमत छु तर मलाई नसोधि गुम्बाको पिलर काट्ने , भत्काउने , अर्को समिति बनाउने तर्फ लागेको भएर मात्र म असहमत छु । गुम्बाको अध्यक्ष भन्दा पनि म एउटा खेलकुद प्रति अति लगाभ र पृष्ठभूमि नै खेलकूद क्षेत्रमा भएको र साथ साथै आफ्नो व्यवसाय तिर म व्यस्त हुदाँ हुदाँ नी गाँउको मान्छेले गुम्बा बनाउन तपाईले बाहेक कसैले नै सक्दैन भने त्यसैले पूर्व मेयरज्यूले पनि गुम्बा निर्माण गर्ने जिम्मेवारी मलाई दिएको हो र मेरो अरू कुनै पनि स्वार्थ छैन र अहिले सम्म भयो शेर्पा मेरो भाइले गुम्बाको लागि भनेर कुनै पनि आर्थिक सहयोग नगरेको पनि जानकारी गराउनु चाहन्छु l

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0