काठमाडौं : साउन २० गते । गायिका मेलिना राईले प्रेमी सञ्जीव बराइलीसँगको इंगेजमेन्ट तोडेकी छन्। सामाजिक सञ्जालमार्फत् उनले इंगजमेन्ट तोडिएको बताएकी छन्।

‘केही समय अगाडि मैले आफ्नो इंगेजमेन्ट गरेको कुरा यसै सामाजिक सञ्जालमार्फत् घोषणा गरेको थिएँ। त्यो मेरो जीवनको एउटा गम्भीर निर्णय थियो। एउटा परिस्थितिमा हामी दुईबीच भविष्यमा सँगै जीवन बिताउने सोँचसहित त्यो निर्णय गरिएको थियो,’ उनले भनेकी छन्, ‘समय छोटै भए पनि जिन्दगीको बारेमा लामो विमर्श भयो। हामीबीच वैचारिक पक्षमा स्पष्ट मतभेत देखिन थाल्यो अर्थात् हाम्रो वीचारमा मेल खान सकेन। धेरै समीक्षा, आत्मासमीक्षापछि कमजोर साधन चढेर बलियो साध्य चुम्न धेरै कठिन हुन्छ भन्ने निष्कर्षमा पुगियो।’

उनले इंगेजमेन्ट विवाहमा परिणत हुनैपर्छ भन्ने बाध्यकारी नहुने स्पष्ट पारेकी छन्। ‘सबै इंगेजमेन्टहरु विवाहमा परिणत हुनैपर्छ भन्ने बाध्यकारी कुरा पनि नहुने रहेछ। त्यसैले आजकै मितिबाट हामीबीचको इंगेजमेन्ट तोडिएको कुरा म फेरि यही सामाजिक सञ्जालमार्फत् सार्वजानिक गर्दछु,’ उनले भनेकी छन्।

उनले शुभचिन्तकहरुमा पर्न गएको भावनात्मक असरप्रति क्षमा मागेकी छन्। भविष्यमा अझ मेहनत गरेर सांगीतिक क्षेत्रबाटै देशको सेवा गरिरहने प्रतिबद्धता उनको छ। नेपाली सांगीति क्षेत्रमा चर्चा कमाएकी मेलिनाले गत वैशाख २ गते बराइलीसँग इंगेजमेन्ट गरेकी थिइन्।

उनले आफ्नो Melina Rai Facebook Page यसरी लेखेकी छिन ।
बिषय – Engagement तोडिएको जानकारी !
केही समय अगाडी मैले आफ्नो Engagement गरेको कुरा यसै सामाजिक संजाल मार्फत घोषणा गरेको थिएँ । त्यो मेरो जीवनको एउटा गम्भीर निर्णय थियो । एउटा परिस्थितिमा हामी दुईबिच भबिष्यमा संगै जीवन बिताउने सोच सहित त्यो निर्णय गरिएको थियो । समय छोटै भएपनि जिन्दगीको बारेमा लामो बिमर्श भयो । हामी बिच बैचारिक पक्षमा स्पष्ट मतभेत देखिन थाल्यो अर्थात हाम्रो बिचारमा मेल खान सकेन । धेरै समिक्षा आत्मा समिक्षा पछि कमजोर साधन चढेर बलियो साध्य चुम्न धेरै कठिन हुन्छ भन्ने निष्कर्षमा पुगियो ।
फेरि सबै engagement हरु बिबाहमा परिणत हुनै पर्छ भन्ने बाध्यकारी कुरा पनि नहुने रहेछ । त्यसैले आजकै मितिबाट हामी बिचको engagement तोडिएको कुरा म फेरि यहि सामाजिक संजालमार्फत सार्बजानिक गर्दछु । यो बीचमा सम्पूर्ण शुभचिन्तकहरुमा पर्न गएको भावनात्मक असरप्रति क्षमाप्राथी छु, साथै भबिष्यमा अझ मेहनत गरेर सांगीतिक क्षेत्रबाटै देशको सेवा गरिरहने प्रतिबद्धता पनि व्यक्त गर्दछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0