काठमाडौं । गीतकार किशोर चाम्लिङ राईको गीत उपत्यकाव्यापी एकल गायन प्रतियोगितामा उत्कृष्ट भएको छ ।

शुक्रबार बसुन्धारा नेसनल एकेडेमी (बिएनए) द्धारा आयोजित ९औँ उपत्यकाव्यापी एकल गायन प्रतियोगितामा सहभागी ४४ प्रतियोगीमध्ये राईले रचना गरेको बालगीत ‘म त सानी सानी नानी’ बोलको गीत उत्कृट भएको हो ।

उक्त गीत कार्यक्रममा टाइमलाइन स्कुलको तर्फबाट छात्रा प्राप्ति राईले गाएकी थिइन् । उत्कृष्ट पहिलो गीतकारलाई नगदसहित सिल्ड र प्रमाण पत्रले सम्मान गरिएको बिएनए एकेडेमीका प्रिन्सिपल टंक कुमार चापागाँईले जानकारी गराए । गीतकार राईले २०० भन्दामाथि चर्चितगीतहरू रचना गरिसकेका छन् । त्यस मध्ये बालगीत पनि रहेको छ । पछिल्लो समय राईको पूर्वेली गीत ‘सोमबारे हाटैमा’ लाई दर्शकश्रोताहरूले सर्वाधिकरूपमा रूचाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0